Suman Bikram Thapa

Manufacturing Golanjor-5,sindhuli Joined Nov 2026
1 Jobs listed
1 Currently open
Manufacturing Industry

About the company

नमुना कृषि तथा पशुपन्छी फार्म — प्रोफाइल १. फार्मको नामः नमुना कृषि तथा पशुपन्छी फार्म २. व्यवसायको प्रकृतिः व्यावसायिक कृषि तथा पशुपन्छी पालन, दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थ प्रशोधन ३. मुख्य व्यवसायहरूः उन्नत जातका गाई पालन तथा व्यावसायिक दूध उत्पादन हरियो घाँस तथा पशु आहार उत्पादन तरकारी खेति प्रांगारिक मल उत्पादन, दूध संकलन तथा प्रशोधन घ्यू, दही, पनिर, छुर्पी, आइसक्रिम, क्रिम लगायत दुग्धजन्य पदार्थ उत्पादन कृषि तथा पशुपन्छीमा आधारित मूल्य अभिवृद्धि व्यवसाय ४. फार्मको उद्देश्यः स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै आधुनिक प्रविधिमा आधारित व्यावसायिक कृषि तथा पशुपालनको विकास गर्नु, गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्नु, स्थानीय किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्नु र रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु। ५. उत्पादन प्रणालीः फार्मले पशुको स्वास्थ्य, पोषण, सरसफाइ तथा वैज्ञानिक व्यवस्थापनमा जोड दिँदै व्यावसायिक दुग्ध उत्पादन गर्दै आएको छ। आफ्नै तथा स्थानीय स्रोतबाट उपलब्ध हरियो घाँस, पराल र सन्तुलित दानाको प्रयोग गरी पशुको पोषण व्यवस्थापन गरिन्छ। ६. मूल्य अभिवृद्धिः कच्चा दूधलाई मात्र बिक्री नगरी दूधबाट विभिन्न दुग्धजन्य परिकार उत्पादन तथा प्रशोधन गरी थप मूल्य सिर्जना गर्ने फार्मको प्रमुख रणनीति रहेको छ। विशेषगरी घ्यू, छुर्पी, पनिर, दही तथा अन्य दुग्धजन्य उत्पादनमार्फत बजार विस्तार गर्ने लक्ष्य राखिएको छ। ७. रोजगारी तथा स्थानीय योगदानः फार्मले प्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय कृषकबाट दूध, घाँस तथा अन्य कृषि उत्पादन खरिद गरी स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। ८. भावी योजनाः दुग्ध उत्पादन क्षमता विस्तार गर्ने आधुनिक गोठ तथा पशु व्यवस्थापन प्रणाली विकास गर्ने आफ्नै पशु आहार तथा घाँस उत्पादन विस्तार गर्ने दूध प्रशोधन तथा मूल्य अभिवृद्धि उद्योगलाई व्यवस्थित रूपमा विस्तार गर्ने ब्रान्ड निर्माण गरी गुणस्तरीय दुग्धजन्य उत्पादन बजारमा पुर्‍याउने स्थानीय कृषकसँग सहकार्य गरी दूध उत्पादनको मूल्य शृंखला विकास गर्ने।

Open positions

Golanjor-5,sindhuli · Food And Beverage · Full Time · 15000 · Apply by 30 Nov

View